सन्धिखर्क नगरपालिका प्रमुखसहित १७ जनामा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


सन्धिखर्क नगरपालिका प्रमुखसहित १७ जनामा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द


247
Shares

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ ।

नगरप्रमुख कमलप्रसाद भुसालसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा माघ ८ गतेसम्मका लागि बन्द गरिएको हो ।

माघ ९ गते आइतबारदेखि कार्यालयकाे नियमित सेवा सुचालु हुने नगरपालिकाले जनाएकाे छ ।

जोखिम न्युनिकरणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।

सोमबार ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनाको नजिता पोजेटिभ आएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभयो ।