६७ सय ३४ जनामा कोरोना, ३० हजार नाघे सक्रिय संक्रमित « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


६७ सय ३४ जनामा कोरोना, ३० हजार नाघे सक्रिय संक्रमित


1.053k
Shares

काठमाडौं । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

१७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ४७ जना संक्रमणमुक्त हुँदा १ लाख ४३ हजार ३ सय ६० जनाले खोप लगाएका छन् ।

सोही समयमा देशभर ३ जनाको मृत्यु हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना पुगेका छन् ।