Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


जिल्ला अस्पताल पाँचथरको आफ्नै फार्मेसी शुरु

अन्य औषधि पसलमाभन्दा अस्पतालबाट सञ्चालित फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको अस्पतला विकास समितिका अध्यक्ष दीपक नेपालले जानकारी दिए । यसअघि अस्पतालमा फार्मेसी नहुँदा सेवाग्राहीले औषधि पसल तथा मेडिकलबाट औषधि खरिद गर्दै आएका थिए । अस्पतालले नै आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।