सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ । फार्मेसी अधिकृत विजय कार्कीले दिएको जानकारीअनुसार राजविराजमा रहेका अत्यन्त नाम चलेका अतुल फार्मेसी, लक्ष्मी मेडिकल हल, सिटी…