Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


मुना मेमोरियल ट्रष्टद्वारा वीर अस्पताललाई ३ सय ७० वटा गाउन प्रदान


0
Shares

ट्रष्टले वीर अस्पतालमै कार्यक्रम गरी विरामीले प्रयोग गर्ने ३ सय ७० वटा गाउन अस्पताललाई हस्तान्तरण गरेको हो ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सामग्री अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा थापाले वीर अस्पतालमा विरामीले उपचार नपाएर फर्कने अवस्था अन्त्य गराउन आग्रह गरे ।

आफू स्वास्थ्य मन्त्री हुँदा अस्पतालले मागेको सबै सामग्री उपलब्ध गराउने रकम प्रदान गरिसकेकाले अस्पतालले सबै पूर्वाधार र जनशक्ति राखेर उपचार प्रदान गराउन आग्रह गरे ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष डा. गणेश गुरुङले वीर अस्पताल आउने धेरै विरामीलाई कहाँ कुन ओपिडी कक्ष छ, कुन चिकित्सकले कुन रोगको उपचार गर्छन् भन्ने जानकारी नपाउँदा सास्ती ब्यहोर्नु परेको स्वीकारे ।

Skip This