सेती अन्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेशन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अन्चल अस्पताल र टीकापुरमा सन्चालनमा रहेको एआरटी सेन्टरमा ५५१ जनाको रगत परीक्षण गरिएको थियो । गत वर्ष यी दुवै सेन्टरमा १८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो । कैलालीमा पछिल्ला केही…