मेडिकल भाषामा ‘एक्टोपिया कोर्डिस’ भनिने अति दुर्लभ अवस्थाबाट आमाको गर्भाशयमै गुज्रिएकी ती शिशुको जन्मपश्चात बेलायतका ५० जना चिकित्सकहरुको टोलिले सफल शल्यक्रियामार्फत उनको मुटुलाई शरीरभित्र राखिदिएका हुन् । 'डेलिमेल अनलाइन'का अनुसार गर्भमा १६ हप्ता पुग्दा उनका बाबुआमाले उनीहरुको बच्चाको मुटु शरीरभन्दा माथि छातिमा अल्झिएको थाहा पाएका थिए । ती ब्रिटिश दम्पतिलाई गर्भ तुहाउन चिकित्सकले सुझाव दिएका…