बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण सुरु • Image Khabar Image Khabar


बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण सुरु


Imagekhabar
२७ मंसिर २०७४, बुधबार १८:४९

बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण सुरु

बी एन्ड सी टिचिङ हस्पिटलको मातहतमा रहने गरी सोही अस्पतालको हाताभित्र क्यान्सर अस्पताल बनाउन लागिएको हो ।

अस्पताल प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी पूर्वका क्यान्सरका बिरामीलाई लक्षित गरी ३०० शय्याको अस्पताल बनाउने बताएको हो ।

बी एन्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले अढाइ अर्ब रुपैयाँको लगानीमा क्यान्सर अस्पताल निर्माणको काम थालिएको बताए ।

६ महिनाभित्र अस्पतालको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्