बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे/नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन ‘फ्रोजन बायोब्सी’ प्रविधि उपयोगी हुने गर्छ । अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा.सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नु पर्ने हो जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ ।…