एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् । गतवर्षसम्म विराटनगरस्थित कोशी अन्चल अस्पतालमा दुईओटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा पनि एक्सरे मेशिन बिग्रिएको २० दिन बितिसकेको छ । सम्बन्धित निकायले तदारुकताका साथ पहल नगर्दा सर्वसाधारण जनता महँगो मूल्य तिरेर…