Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सर्लाहीमा डेंगुको संक्रमण बढ्यो


0
Shares

हरिवन नगरपालिका वडा नम्बर ९ र १० मा डेंगु संक्रमित बिरामी बढेपछि शनिबारदेखि वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर आयोजना गरी सतर्कता अपनाएको हो ।

दिन दिनै डेंगुको संक्रमणबाट स्थानीय बिरामी पर्न थालेपछि रोकथामका लागि वडा कार्यालयको पहलमा जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर आयोजना गरिएको वडा सचिव चित्रबहादुर विश्वकर्माले बताए ।

वडा सचिव विश्वकर्माका अनुसार आइतबार (भोलि) निशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिने भएको छ ।

गतवर्ष हरिवन बजार क्षेत्रमा डेंगुका बिरामी भेटिएका थिए । वर्षेनी डेंगुका बिरामी देखा परेपनि सरोकारवाला निकायले रोकथामका लागि प्रभावकारी काम नगरेको स्थानीय वासिन्दाको गुनासो छ ।

चिकित्सकहरुले लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने बताउँदै राति सुत्दा झुलको प्रयोग गर्ने, घर वरीपरी पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलाको पानी फेर्न, गाडीका टायर तथा थोत्रा सामान राख्ने ठाउँ सफा गर्न सुझाव दिएका छन् ।

Skip This