Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


नेपालमा ‘४४ हजार’ क्षयरोगी, १२ हजार सम्पर्कबाहिर


0
Shares

तीमध्ये ३२ हजार बिरामीमात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

टीबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिएपनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता छाती विशेषज्ञ डा. नवीनप्रकाश शाहले जानकारी दिए ।

दुई वर्षदेखि सम्पर्कमा आएका बिरामीको रोग निको हुँदै गएर संख्या घटे पनि सम्पर्कमा नआएका अन्य बिरामीका कारण यस वर्ष टीबी रोगीको संख्या यकिन गर्न सकिने अवस्था नरहेको शाहले बताए ।

डा. शाहकाअनुसार डब्लुएचओले दुई वर्षअघि गरेको तथ्यांकका आधारमा प्रत्येक दिन १२० नयाँ रोगी भेटिने गरेको र २० जनाको मृत्यु हुनसक्ने अनुमान छ ।

नेपालमा जटिल प्रकारको ‘डगेस्ट्रेड’ टीबीका बिरामीमात्र एक हजार १०० रहेको अनुमान छ । तीमध्ये ३५२ जनामात्र सम्पर्कमा आएका छन् ।

‘डट्स’ सेन्टरमा उपचारका लागि आउने सबै टीबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको क्षयरोग केन्द्रले जनाएको छ ।

टीबीका बिरामीको अवस्थानुसार ‘इन्टेन्सिफ’ चरण र ‘कन्टिडियसन’ चरण गरी विधिअनुसार उपचार गरिने डा. शाहले बताए ।

इन्टेन्सिफ चरणअन्तर्गत् नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गर्नुपर्ने हुन्छ ।

क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्छ । रासस

Skip This