विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सुशासन तथा पारदर्शिता ल्याउने विश्वास व्यक्त गर्दै संस्थाले विधेयकको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य तथा अन्य मन्त्रालयसित मागसमेत गरेको छ । संस्थाका महासचिव चिकित्सक तोशिमा कार्कीद्वारा शनिबार जारी विज्ञप्तिमा संविधानप्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न ऐनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त…