विराटनगर, असार ३२ । मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित पूर्णखोप सुनिश्चित जिल्ला मोरङ घोषणासभा समारोहबाट मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गमलामा पानी हालेर मोरङलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।