काठमाडौं, असोज १२ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक ल्याउन अवरोध गरेको आरोप लगाएका छन् । उनले पूर्वसहमतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले विधेयक संसदमा नलगेको भन्दै नैतिकताका आधारमा पदमा बस्नु उचित नहुने बताए । डा. केसीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा ऐन बनाउने दायित्व…