-राजु चौधरी/ईमेज: नवलपुर । नवलपुर जिल्लाको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा दीर्घरोगीहरुको आकर्षण बढ्दै गएको छ । देशविदेशमा उपचार गर्दागर्दै निराश भएकाहरु पनि प्राकृतिक चिकित्सालयमा पुग्न थालेका छन् । प्राकृतिक चिकित्सा पद्धतिलाई आधुनिक उपचार पद्धतिले केही ओझेलमा पारेपनि यसप्रतिको विश्वास र भरोसा उत्तिकै देखिन्छ । उपचार गर्दागर्दै हैरान भएका र समस्या नसुल्झिएकाहरु पनि प्राकृतिक चिकित्सालयमा पुगेर…