काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्यलाई कार्यान्वयनमा ल्याउने बताएका छन् । काठमाडौको टोखा स्थित ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालको छैठौ वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले अस्पतालले अशक्त, अपाङ्गता भएका,जेष्ठ नागरिक र बालबालिकाको लागि छुट्टै प्याकेजको व्यवस्था गरी सहुलियतमा उपचार गर्न आग्रह गरे । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकालाई…