२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


१६औं सत्याग्रहका लागि डा. केसी पुगे इलाम


0
Shares

काठमाडौं, पुस १७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्रा. डा. गोविन्द केसी १६औंपटकको सत्याग्रहका लागि मंगलबार पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन् ।

संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्न मंगलबारसम्मको ‘अल्टिमेटम’ दिएका डा. केसी बुधबार (भोलि)देखि अनशन बस्ने गरी इलाम गएको उनका सहयोगीहरुले बताएका छन् ।

डा. केसीको आन्दोलनका सहयोगी डा. अभिषेकराज सिंहले ट्वीटमार्फत् डा. केसी इलाममा अनशन बस्ने जानकारी दिएका हुन् ।

गत साउन १० गते सरकारसँग भएको सम्झौता अक्षरशः पालना हुनुपर्ने र सोहीबमोजिम संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने अडानमा डा. केसी रहेका छन् ।

तर, विधेयक संसदीय समितिबाट अघि बढ्न सकेको छैन ।

सत्तारुढ दल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको स्वार्थले विधेयक अघि नबढेको आरोप पनि डा. केसीले लगाएका छन् ।