Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


समायोजनविरुद्ध सरकारी कर्मचारीहरु आन्दोलित, सामूहिक राजीनामा दिने चेतावनी

काठमाडौं, फागुन ५ । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजनको विरोध गर्दै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनाविरुद्ध आन्दोलनका कार्यक्रम अघि सारेका उनीहरुले मागको सुनुवाइ नभए सामूहिक राजीनामा दिने बताएका हुन् । सरकारी चिकित्सक संघ (गोदान)ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सकहरुको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यसविरुद्धका आन्दोलनका कार्यक्रम अघि सारेको हो…