२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेक सबै सेवा बहिस्कार


0
Shares

काठमाडौं, फागुन १५ । सरकारी चिकित्सकहरुले आजदेखि आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरुले आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम हिजो साँझ सकिँदासम्म पनि माग सम्बोधन नभएको भन्दै चिकित्सकहरुले सेवा बहिस्कार गरेका हुन् ।

माग सम्बोधन नभएसम्म सेवामा नफर्कने अडान चिकित्सकहरुको छ । गत पुस ३० गते स्वाथ्य मन्त्रालय र सरकारी चिकित्सक संघबीच ८ बुँदे लिखित सहमति भएको थियो ।

स्वास्थ्य मन्त्रालयले पुनः दरबन्दी सिर्जना गरेर चिकित्सकलाई योग्यता र दक्षताअनुसार स्थानीय तह र प्रदेशलगायतमा खटाउनुपर्ने मुख्य मागमै पछिल्लो समय दुई पक्षबीच सहमति हुुन सकेको छैन ।