प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन २ । जापान सरकारको सहयोगमा पुनःनिर्माण भएको काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पताललाई सुविधासम्पन बनाइएको छ । २०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षति भएको अस्पतालको भवन पुनःनिर्माण गरिएसँगै सुविधासम्पन्नसमेत बनाइएको हो । जापान सरकारको एक अर्ब ३० करोड रुपैयाँको लगानीमा पुनःनिर्माण गरिएको प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा…