२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मेडिकल कलेजहरुको अवस्था हेरेर शुल्क निर्धारण गर्नुपर्छः मन्त्री यादव


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द यादवले मेडिकल कलेजहरुको शैक्षिक र भौतिक अबस्था अनुसार शुल्क निधारण गरिनु पर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले मेडिकल कलेजको शुल्क निर्धारणका विषयमा सरकारले लागु गरेको शुल्क निर्धारण भन्दा भिन्न विचार राख्दै उक्त कुरा बताएका हुन ।

सरकारले काठमाडौं उपत्यकाभित्रका सबै मेडिकल कलेजमा ३८ लाख ५० हजार र बाहिरका मेडिकल कलेजमा भने ४२ लाख शुल्क निर्धारण गरेको छ ।

स्वास्थ्यमन्त्री यादवले मेडिकल कलेजहरुको क्षमता अनुरुप सिट निधारण हुनु पर्ने भन्दै एउटा कलेजले १ सय भन्दा बढी विद्यार्थी पढाउन पाईदैन भनेर विद्यार्थी संख्या घटाउन नहुने समेत बताए ।

उनले एमबीबीएस प्रवेश परीक्षा सबै मेडिकल कलेजहरुको संयुक्त रुपमा हुनु पर्ने भन्दै यसलाई प्र्रदेश तहमा पनि लैजानु पर्ने धारणा राखे ।

चिकित्सा शिक्षा आयोग शिक्षा वा स्वास्थ्य कुन मन्त्रालय अन्तर्गत रहेको स्पष्ट पार्न सरकारलाई उनले आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले लगानी नबढाइ सरकारी मेडिकल कलेजहरुले ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था लागु गराउन नसक्ने बताए ।

कार्यक्रममा शुल्क निधारण,सिट निधारण लगायतका विषयमा भएका अध्ययन र सुझावहरु प्रस्तुत गरिएको थियो ।