ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा विरामीको चाप ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता दैनिक सयौँको संख्यामा विरामीहरु अस्पताल पुग्ने गरेका छन् । एक हप्ता अघिसम्म दैनिक ५० जना विरामी आउने गरेकामा चार दिनयता दैनिक १ सयभन्दा बढी विरामी आएको अस्पतालले जनाएको छ । गाउँका स्वास्थ्य संस्थामासमेत रुघा, खोकी र ज्वरोका विरामीको चाप बढेको बताइएको…