२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री यादव


0
Shares

काठमाडौं, साउन १२ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपचारका नाममा स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति अन्त्य गराउनु पर्ने बताएका छन् ।

वीर अस्पतालको १३० औँ वार्षिकोत्सव कार्यक्रममा उनले सरकारी अस्पतालका उपकरणहरुको प्रयोग कम हुने, छिटै बिग्रने र निजीमा रिफर गर्ने धन्दा बन्द गर्न आग्रह गरे ।

उपकरण खरिद प्रक्रियामै त्रुटी रहेको भन्दै मन्त्री यादवले मेसिन किनेको भोलिपल्टै बिगार्ने वा बिग्रियो भनेर बदमासी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले गत बर्षमात्र आकस्मिक र ओपिडि सेवा गरी ४ लाख २२ हजार बिरामीको उपचार गरेको दाबी गरे । ८ हजार ९ सय जना असहाय र १ हजार १२ विपन्न नागरिकको निःशुल्क उपचार गरेको उनले बताए ।

यस्तै १४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको ५ हजार ५ सय जनाको स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार गराएको पनि डा. सेन्चुरीले बताए ।

वीर अस्पतालले गत बर्ष ६ करोड आम्दानी गरेको छ भने अस्पतालमा हाल ४ सय ६० शैया छन् । यस अस्पतालमा २० वटा आइसियु कक्ष छन् ।