पोखरा । निजी मेडिकल तथा डेनटल कलेज सञ्चालकहरूले पीजीमा अध्ययनरत रेजिडेन्ट चिकित्सक तथा एमबिबिएस र बीडीएस इन्टर्नको भत्ता रोक्ने भएपछि पोखरामा विरोध भएको छ ।
गण्डकी मेडिकल कलेजमा इन्टर्नमा रहेको चिकित्सकहरूले निजी अस्पतालले आफूहरू माथि श्रम शोषण गर्न लागेको भन्दै आज विरोध गरेका हुन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेनटल कलेज अफ नेपालले सबै निजी मेडिकल तथा डेनटल कलेजहरूलाई पत्राचार गर्दै अर्को निर्णय नभएसम्मका लागि फीजी निर्वाह भत्ता तथा इन्टर्न विद्यार्थीका लागि सिर्जना गरिएको कुनै पनि आर्थिक दायित्व उपलब्ध वा भुक्तानी नगर्न भनेको छ । यसको विरोध गर्दै उक्त निर्णय फिर्ता नभएसम्म आफूहरू आन्दोलनमै रहने चिकित्सकहरूले बताएका छन् ।
इन्टर्न डाक्टर प्रवीण ओझाले उता फीजी रेजिडेन्ट चिकित्सकको बढाइएको निर्वाह भत्ता तथा एमबिबिएस तथा बीडीएस इन्टर्न विद्यार्थीका सिर्जना गरिएको थप आर्थिक दायित्व अहिलेको अवस्थामा निजी मेडिकल तथा डेनटल कलेजहरूले धान्न सक्ने अवस्था नरहेको एसोसिएसनको भनाइ छ ।
यसअघि उपलब्ध गराउँदै आएको २० हजार निर्वाह भत्तालाई ४८ हजार ७३७ बनाउँदा कलेजहरूलाई आर्थिक भार पर्ने याथार्थलाई सरकारी निकायले समेत स्वीकारेको भन्दै एसोसिएसनले यसका लागि सरकारले निजी मेडिकल तथा डेनटल कलेजको अध्ययन सिट संख्या बढाउँदै लैजाने सहमति भएको उल्लेख गरेको छ ।
तर, असार मसान्तसम्म जिएमसीमा इन्टर्न गरिरहेका हरुले १२ हजार पाँच सय रुपैयाँ भत्ता पाएका थिए । २४ हजार पाउनुपर्ने भएपनि त्यसको ५० प्रतिशतमै काम गर्दै आइरहँदा नयाँ निर्णयले उक्त भत्ता समेत रोकिदिँदा आफूहरूमा निकै असर परेको उनीहरूको भनाइ छ ।
इन्टर्न डाक्टर आकृति सापकोटाले उक्त विषयमा अस्पताल प्रशासन सँगै कुरा राख्दा अस्पताल प्रशासनले धम्कीपूर्ण जवाफ दिँदै केही नपाउने बताएका उनीहरूको भनाइ छ । यसका विरुद्धमा सबै मेडिकल कलेजहरूमा विरोध सुरु भइसकेको र पोखरामा समेत सबैले आन्दोलन सुरु गरिसकेको उनीहरू बत्ताउँछन् । यो आन्दोलन गर्दै गर्दा अस्पताल प्रशासनले विभिन्न दबाब दिने र हाजिर समेत नपुग्ने किसिमका चालहरू चाल्ने सक्ने अवस्था रहेका कारण त्यसता गतिविधि नगर्न समेत चेतावनी दिएका छन् ।
लाखौँ रुपैयाँ खर्चिएर अध्ययन गरेका कयौँ जनशक्तिमाथि निजि अस्पतालले धावा बोल्दै समग्र स्वास्थ्यकर्मीहरुमाथि नै अन्याय गरिरहेका छन् । विना पारिश्रमिक एक वर्षसम्म इन्टर्न गराउने अस्पतालले एक वर्ष चिकित्सकहरुमाथि श्रम शोषण गर्न लागेको हो ।









प्रतिक्रिया दिनुहोस्