काठमाडौं, जेठ २३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बलियो कानुन हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन नसकिएको बताएका छन् । बिहीबार राजधानीमा दिगो विकास लक्ष्य पूरा गर्न उच्चस्तरीय स्वास्थ्य सेवा कस्तो हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय रिपोर्ट सार्वजनिक गर्दै मन्त्री यादवले ‘सरकार स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध छ’–भने । कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले…