काठमाडौं, वैशाख ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएकाले नेपाल पनि सामान्य अवस्थामा नरहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एकजना स्वास्थ्यकर्मीसमेत संक्रमित भइसकेकाले ‘सामान्य परिस्थिति होइन’–भने । उनले बुधबार कपिलवस्तु र नेपालगन्जका दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २१९ पुगेको पनि पुष्टि…