Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सडक र बाटोमा किटाणुनाशक झोल छर्केर कोरोना संक्रमणमुक्त हुँदैनः विश्व स्वास्थ्य संगठन


0
Shares

एजेन्सी, जेठ ४ । विश्व स्वास्थ्य संगठनले सडक र बाटोमा किटाणुनाशक झोल छर्केर कोरोना संक्रमणमुक्त नहुने प्रष्ट गरेको छ ।

कोरोना भाइरसको महामारी विश्वव्यापी बन्न थालेपछि संसारभर नै किटाणुनाशक झोल छर्कने लहर चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले यसबाट कुनै फाइदा नहुने जनाएको हो ।

यस्ता किटाणुनाशक झोल छर्किएर कोरोना भाइरस नहट्ने भन्दै डब्लूएचओले बरु यसैका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ ।

कोभिड–१९ को महामारीका सन्दर्भमा स्वच्छतासम्बन्धि गाइडलाइन जारी गर्दै डब्लूएचओले यस्तो स्प्रे प्रभावकारी नहुने बताएको हो ।

सडक, बाटोघाटो, बजार जस्ता बाहिरी स्थानमा कोरोना भाइरस वा कुनैपनि अरु किटाणु मार्नका लागि गरिने कुनैपनि खाले तरलपदार्थ वा ग्यास स्प्रे धूलो, धुँवा जस्ता कारणले निष्प्रभावी हुने भएकाले यस्तो गर्ने सल्लाह डब्लूएचओले नदिने गाइडलाइनमा भनिएको छ ।

Skip This