काठमाडौं । कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित छ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरु दुई सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए । सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि छ जना नै शुक्रबार साँझ…