
रौतहट । रौतहटमा सुविधासम्पन्न आइसोलेशन कक्षको निर्माण गरिएको छ ।
चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृति पार्कमा ४० बेडको सुविधासम्पन्न आइसोलेसन कक्षको निर्माण गरिएको हो ।
चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुट्टै शौचालयको व्यवस्था छ । रौतहटमा कोरोना भाइरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, वृन्दावन, गुजरा र गडिमाई नगरपालिकाको संयुक्त लगानीमा सुविधा सम्पन्न आइसोलेसन कक्षको निर्माण गरिएको हो ।
चन्द्रपुर नगरपालिकाको २५ लाख, वृन्दावन, गुजरा र गडिमाई नगरपालिकाको १५÷१५ लाखको लागतमा ४० बेडको आईसोलेसन निर्माण गरीएको हो ।
रौतहटमा १ हजार ९४ जना कोरोना संक्रमित छन् । पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएका संक्रमितलाई डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गर्न आइसोलेन कक्ष निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्