फिदिम, असार २ । पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।…