२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थप ५३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो, जम्मा मृत्यु २४ जना


0
Shares

काठमाडौं, असार ९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ९० महिलाससहित ५ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ९९ पुगेको बताउनुभयो ।

कोरोनाबाट हालसम्म २४ जनाको मृत्यु भएको छ ।

२४ औं व्यक्ति दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष हुनुहुन्छ ।

असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर ७६ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ ।

हालसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना फैलिएको छ ।

हाल ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

७ हजार ८ सय ५१ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म एक लाख ८६ हजार ३ सय ६६ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।