काठमाडौं । सिन्धुपाल्चोकमा ११ महिनाको बालिकासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिकाका २६ र २३ वर्षीय पुरुष र ११ महिनाको बालिकामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले पुष्टि गरे । दुईजना पुरुष असार ७ गते स्याङजाबाट सिन्धुपाल्चोक आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरु इन्द्रावतीको भीमेश्वर माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका…