अछाममा कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु • Image Khabar Image Khabar


अछाममा कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु


Imagekhabar
१६ असार २०७७, मंगलवार २०:०५

अछाममा कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु

अछाम, असार १६ । अछाममा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गत असार १४ गते जिल्लाको बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषको कोरोनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय एक पुरुष रहेको जनाइएको छ ।

भारतबाट आई क्वारेन्टाईनमा बसेका उनको आरडीटी नेगेटिभ देखिएको थियो ।

तर केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि बयालपाटा अस्पताल पुर्याईएका उनको उपचारका क्रममा मृत्यु भएपछि स्वाव संकलन गरि धनगढी पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्