प्यूठान । प्यूठानमा कोरोना भाइरसलाई जितेर १९ जना घर फर्किएका छन् । स्वास्थ्य कार्यालय प्यूठानले आज(शनिबार)मात्रै प्यूठान नगरपालिकाका १८ जना र ऐरावती गाउँपालिकाका १ जना गरी कुल १९ जना निको भएर घर फर्किएको जनाएको छ । उनीहरु भारतका बिभिन्न स्थानबाट आएका थिए । पहिलो पटक पिसिआर गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो…