कोरोना पोजेटिभ देखिएपछि १८ बर्षिय युवकले गरे आत्महत्या • Image Khabar Image Khabar


कोरोना पोजेटिभ देखिएपछि १८ बर्षिय युवकले गरे आत्महत्या


Imagekhabar
१९ असार २०७७, शुक्रबार १९:०५

कोरोना पोजेटिभ देखिएपछि १८ बर्षिय युवकले गरे आत्महत्या

कैलाली, असार १९ । बझाङमा कोरोना पुष्टि भएपछि १८ बर्षिय युवकले आत्महत्या गरेका छन् ।

बझाङको खप्तड छान्ना गाउँपालिका ७ स्थित लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टानमा बस्दै आएका एक युवकले आत्महत्या गरेका हुन् ।

कोरोना पोजिटिभ देखिएका युवक क्वारेन्टिन भन्दा करिब ५ सय मिटर टाढा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभएको छ ।

मृतक जेठ १९ गते भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

क्वारेन्टिनमा रहेका २५ जनाको कोरोना चेकजाँच गर्दा उनको मात्रै रिपोट पोजेटिभ देखीएको थियो ।

प्रतिक्रिया दिनुहोस्