ओखलढुंगा । हाटबजार सञ्चालन भएसँगै ओखलढुंगामा कोरोनाको जोखिम बढेको छ । लकडाउनसँगै बन्द भएको साप्ताहिक हाट सञ्चालनमा आउन थालेपछि कोरोनाको जोखिम बढेको हो । बजारमा मास्क नलगाउने र भीडभाड बढेपछि ओखलढुंगामा कोरोना बढ्ने भन्दै बजारबासी चिन्तित भएका छन् । साताको दुई पटक बुधबार र शनिबार लाग्ने हाटबजार कृषिजन्य उपज र दैनिक उपभोग्य सामग्री बिक्री वितरण…