पाटन अस्पतालमा कोरोनाबाट ६५ वर्षीया महिलाको मृत्यु • Image Khabar Image Khabar


पाटन अस्पतालमा कोरोनाबाट ६५ वर्षीया महिलाको मृत्यु


Imagekhabar
१६ श्रावण २०७७, शुक्रबार १५:२७

patan hospital, corona death

काठमाडौं, साउन १६ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आइसियुमा उपचाररत उनको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो ।

मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी हालै वीरगन्जबाट आएकी थिइन ।

उनका् स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गरिंदै थियो ।

उनमा निमोनियाको समस्या रहेको डा. शर्माले बताउनुभयोे ।

मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्