पुलबाट वारपार गर्दा कोरोना संक्रमणको जोखिम बढ्यो - Image Khabar
Everest Bank

पुलबाट वारपार गर्दा कोरोना संक्रमणको जोखिम बढ्यो

वाग्लुङ । बाग्लुङको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने गरी निर्माण भएको पुलमा यात्रुको भिडभाड बढेको छ ।

हिजोदेखि संचालनमा आएको पुलमा सयौँ संख्यामा यात्रुहरु पुलमा वारपार गर्दा कोरोना संक्रमणकोसमेत जोखिम बढेको छ ।

आवतजावत गर्ने यात्रुहरुको भीड बढ्दा पुल वारीपारी गर्न पालो पर्खनु पर्ने अवस्था छ ।

बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले यसलाई चाँडै व्यवस्थापन गरीने बताउनुभयो ।

यात्रुहरुको समस्याले गर्दा तत्कालै सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले भीड बढेपछि सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै सञ्चालनमा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्