काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र संक्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । बाहिरी घेरामा…