सर्लाही, भदौ २ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गए पनि सर्लाहीमा आईसीयू र भेन्टिलेटरको अभाव रहेको छ । समुदाय स्तरमै संक्रमण फैलीए पनि उपकरण खरिद तथा जनशक्ति व्यवस्थापन नगर्दा जोखिम झनै बढेको हो । कोरोना संक्रमित तथा गम्भीर बिरामीलाई जनकपुर, बिरगन्ज, काठमाडौं, चितवन, विराटनगर र धरानलगाएतका ठाउँमा उपचार गर्नु लैजानुपर्ने बाध्यता रहेको छ ।…