काभ्रेमा १०२ संक्रमित • Image Khabar Image Khabar


काभ्रेमा १०२ संक्रमित


Imagekhabar
३ भाद्र २०७७, बुधबार १७:५८

काभ्रेमा १०२ संक्रमित

काभ्रे, भदौ ३ । काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ ।

बुधबार पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ ।

बुधबार पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ ।

मङ्गलबार अस्पतालको छ कर्मचारीसहित १६ मा कोरोना सङ्क्रमण भएको थियो ।

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् ।

हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् ।

बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् ।

पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन् ।

छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् ।

हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्