हेटौंडा, साउन ३१ । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये हेटौंडा उपमहानगरपालिकाका १२ जनासहित मनहरी गाउँपालिका वडा नम्बर–७ का एकजना पुरुष रहेको कर्रास्थित आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।…