काठमाडौं, भदौ ३ । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको…