बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदन्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार सुरु गरिने भएको हो । कोरोनाभाइरसका गम्भीर बिरामी देखिए उक्त विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।…