काठमाडौं, भदौं ३१ । सरकारले मृत्यु भएको व्यक्तिको कोरोना लागेको शंका भए पनि अब स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन निर्णय गरेको जानकारी दिनुभएको हो । मन्त्रालयले त्यस्ता शंकास्पद व्यक्तिको शव व्यवस्थापनमा भने सम्पूर्ण…