Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


सर्वत्र विरोधपछि डाक्टर केसीलाई लगियो शिक्षण अस्पताल

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ । जुम्लामा अनशनरत हुँदा स्वास्थ्य अवस्था खस्किएपछि मंगलबार काठमाडौं आउनु भएको डा. केसीले आफू शिक्षण अस्पतालमा उपचारमा जाने बताउँदा बताउँदै पनि प्रहरीले दुर्व्यवहार गरी ट्रमा सेन्टर पुर्‍याएको थियो…