बुटवलमा कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु • Image Khabar Image Khabar


बुटवलमा कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु


Imagekhabar
८ आश्विन २०७७, बिहीबार २०:४०

बुटवलमा कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु

रुपन्देही, असोज ८ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

बिहीबार बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङक्रमितको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्