काठमाडौं, असोज २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीचको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकामा खुशी व्यक्त गर्दै आयोगप्रति…