Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


देशभर थप १५ कोरोना संक्रमितको मृत्यु, अस्पतालहरु भरिँदा गम्भीर बिरामीलाई पनि शैया अभाव

काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया महिला, धनकुटाकी ६१ वर्षीया महिला र दुबही नगरपालिकाका ६५ वर्षीय पुरुष छन् । यसैगरी, रुपन्देहीमा चार जनाको मृत्यु भएको छ…