झापामा नौ जना चिकित्सकलाई कोरोना संक्रमण • Image Khabar Image Khabar


झापामा नौ जना चिकित्सकलाई कोरोना संक्रमण


Imagekhabar
२६ आश्विन २०७७, सोमबार ०८:२१

झापामा नौ जना चिकित्सकलाई कोरोना संक्रमण

झापा । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. वीरेन्द्रकुमार यादवसहित अस्पतालमा कार्यरत नौ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्यान्सर रोग विशेषज्ञ डा. यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको छ ।

अन्य चिकित्सकको विराटनगरस्थित विराट मेडिकल कलेजमा पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो ।

झापामा आइतबार ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय १० पुगेको छ भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्